देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिल्म ‘लाइफ इन एलए’को पहिलो गीत सार्वजनिक

देशान्तर

काठमाडौं – फिल्म ‘लाइफ इन एलए’को पहिलो गीत ‘पागल प्रेमी’ सार्वजनिक भएको छ । सुर्य एन श्रेष्ठ निर्देशित फिल्मको गीतमा त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ । फिल्म नेपाल र अमेरिकामा छायांकन गरिएको छ ।

गीतमा ब्यास विस्सु, अकेशा बिष्ट, शिल्पा मास्के फिचर्ड छन् । एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर छ । फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ ।

ब्यास इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा ब्यास बिस्सुको लगानी छ । संसार अञ्जान सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माता छन् । भुपेन्द्र अधिकारी र उज्जवल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ । फिल्म दशैं छेकोमा रिलिज हुँदैछ ।