देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हाइटीका राष्ट्रपतिको हत्यामा २६ कोलम्बियन र २ अमेरिकीमूलका व्यक्ति संलग्न

देशान्तर

काठमाडौँ –  हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई भाडाका पेशेवर विदेशी व्यक्तिहरु हत्या गरेको प्रहरीले जनाएको छ । हाइटीका प्रहरी प्रमुख लियोन चार्ल्सले राष्ट्रपति मोइजको हत्यामा कोलम्बियाका २६ र हाइटीकै अमेरिकी मुलका २ जनाको संलग्नता रहेको बताएका छन् ।

घटनामा संलग्न ८ जना अझै फरार रहेको र दुई अमेरिकी मूलका सहित १७ जनालाई हिरासतमा लिएको उनले बताएका छन् । त्यस्तै केहि शंकास्पदको राजधानी पोर्ट ओ प्रिन्समा मुडभेडमा मारिएको प्रहरीले जनाएको छ । विहिबार प्रहरीले केहि शंकास्पदलाई हरियारसहित सार्बजनिक गरेको छ ।

उनीहरुसँग हतियार, कोलम्बियाको पासपोर्ट र अन्य प्रमाण भेटिएको प्रहरीले बताएको छ । हत्यामा संलग्न भनिएका कोलम्बियाका केहि पूर्व सैनिक रहेको बताइएको छ । बुधबार राष्ट्रपति मोइजको निजी निवासमा घुसेर गोली हानी हत्या गरिएको थियो । अहिलेसम्म हत्याको योजना कसले र किन बनाएको हो भन्ने बारेमा भने स्पष्ट नभएको प्रहरीले बताएको छ ।