देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोनाको तेस्रो लहरको जोखिम

देशान्तर

नयाँदिल्ली – भारतले कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमितको उपचारका लागि भन्दै २३ हजार करोडको प्याकेजको घोषणा गरेको छ ।

नव नियुक्त केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मंडावियाले यो प्याकेजमार्फत जिल्लास्तरमा अक्सिजन, औषधि आपूर्ति र अस्पतालमा बेडको संख्या बढाइने
बताएका छन् । यस्तै भारतमा कोरोनाको तेस्रो लहरको जोखिम बढेको र यसले बालबालिकाको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले यो प्याकेजले विशेष गरी बालबालिकालाई समेट्ने उनले बताए ।

भारतका सबै जिल्लाका अस्पतालमा बालबालिकाका लागि विशेष वार्डसँगै २० हजार आईसीयू बेडको पनि व्यवस्था गरिने छ । यस्तै हरेक जिल्लामा १० हजार लिटर अक्सिजनको मौज्दात राख्ने व्यवस्था गरिने भारत सरकारले जनाएको छ । यसअघि पनि भारतले कोरोना रोकथाम तथा उपचारका लागि १५ हजार करोड रुपैयाँको प्याकेज ल्याएको थियो ।