देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नायिका जेनी कुँवरले आत्महत्या गरिन्

देशान्तर

नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । थापागाउँस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएकी कुँवर बिहीबार राति झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

उनी एक्लै बस्दै आएकी थिइन् । केही समय कलाकारितामा लागेकी कुँवर पछिल्लो समय धार्मिक क्रियाकलापमा संलग्न थिइन् ।

पशुपति मन्दिर क्षेत्र परिसरमा गरेको गतिविधिका कारण कुँवर बारम्बार विवादमा आउने गरेकी थिइन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख अशोक सिंहले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

जेनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । उनी, विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसिरहेकी थिइन् ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा अभिनय गरेकी थिइन् ।