देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेका प्रधानमन्त्री पदमुक्त

देशान्तर

संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् ।

बहुमत सदस्यले विपक्षमा मत दिएपछि प्रधानमन्त्री लोफभेनले विश्वासको मत प्राप्त गर्न सकेनन् । स्वीडेनको संसदमा तीन सय ४९ जना सांसद रहेकोमा विश्वास प्राप्त गर्न १ सय ७५ सदस्यको मत आवश्यक थियो ।

तर एक सय ८१ जनाले प्रस्तावको विपक्ष अर्थात अविश्वास प्रस्तावको समर्थनमा मत दिएका रोयटर्सले जनाएको छ ।

योसँगै स्वीडेनमा संसद विघटन हुने खतरा टरेको छ । संसद विघटन भएको भए एक वर्ष अगाडि नै आम चुनावमा जानुपर्ने अवस्था आउने थियो । विपक्षले अविश्वासको प्रस्ताव पेस गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने लोफभेन स्वीडेनको पहिलो प्रधानमन्त्री भएका छन् ।


वामपन्थी कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो । अब उनले अर्को सरकार गठन नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन् ।