दाङ – प्युठानको भिमरुक गाउँपालिका–६ तोरवाङमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार वसन्तबहादुर केसीका छोरा यमनको सोमबार बिहान करिब ८ बजे घरदेखि करिब ५०० मिटर उत्तरमा रहेको पोखरीमा डुबेर घाइते भएको थिए। उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा बिहान सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया