देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालुवाटारबाट पक्राउ परेका अभियन्तालाई रिहा गर्न एमनेस्टी इन्टरनेसनलको आग्रह

देशान्तर

काठमाडौँ – चिकित्सा शिक्षा आयोगमाथि हस्तक्षेप गरी सरकारले अमुक मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै त्यसको विरोधमा प्रदर्शन गर्दा बालुवाटारबाट पक्राउ परेका १८ जना अभियन्तालाई तत्काल रिहा गर्न एमनेस्टी इन्टरनेसनलले आग्रह गरेको छ ।

आज पक्राउ परेका अभियन्तालाई तुरुन्तै छाडिदिन मानवीय स्वतन्त्रताको क्षेत्रमा सक्रिय उक्त संस्थाले आग्रह गरेको हो ।

प्रहरीले साहित्यकार, लेखक खगेन्द्र संग्रौलासहित नारायण वाग्ले, सञ्जीव उप्रेति, युग पाठक भास्कर गौतमलगायत १८ जना अभियन्तालाई पक्राउ गरी मालिगाउँ वृत्तमा राखेको छ ।