देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बलिउड अभिनेता दीलिप कुमार अस्पताल भर्ना

देशान्तर

काठमाडौँ – बलिउड अभिनेता दीलिप कुमार अस्वस्थ भएका छन् । भेट्रान अभिनेता दीलिप कुमारलाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । अभिनेता दीलिप कुमारलाई केहिदिन देखि श्वासप्रश्वासमा समस्या भएको उल्लेख गरिएको छ ।

उनकी पत्नी सायरा बानोले दीलिप कुमारलाई हिन्दुजा अस्पतालको नन कोभिड वार्डमा भर्ना गरिएको जानकारी दिएको एएनआइले उल्लेख गरेको छ । ९८ बर्षिय अभिनेता दीलिप कुमारलाई अघिल्लो महिना पनि अस्पताल भर्ना गरिएको थियो ।