देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाको अर्को लहरमा बालबालिका बढी जाेखिममा‚ शय्या छुट्याउन सरकारकाे निर्देशन

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो र चौथो लहरमा बालबालिका बढी प्रभावित हुन सक्ने भन्दै कुल शय्याको २० प्रतिशत शय्या कोभिड संक्रमित बालिबालिकाका लागि छुट्याउन अस्पतालहरूलाई आग्रह गरेको छ ।

शुक्रबार सूचना जारी गरी स्वास्थ्य मन्त्रालयले कुल शय्याको २० प्रतिशत शय्या कोभिड-१९ संक्रमित बालबालिकालाई छुट्याउनुका साथै वैकल्पिक प्राणवायु (अक्सिजन) को व्यवस्थापन गर्नसमेत आग्रह गरेको छ ।

‘प्रथम लहर र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवाहरू संक्रमित भएको हुँदा व्यवस्थापनसम्बन्धी तयारी पौढ र युवा लक्षितमात्र हुन पुगेको छ,’ सूचनामा भनिएको छ, ‘दोस्रो लहरजस्तै पुनः तेस्रो चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तिमा २०% शय्या कोभिड-१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुनेगरी यारी अवस्थामा राख्नुहुन अनुरोध छ ।’

मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु, प्रदेश १, २, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोधार्थ लेख्दै एसोसिएसन अफ प्राइभेट एन्ड डेन्टल कलेज अफ नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) लाई आवश्यक सहयोग र समन्वय एवं सहजीकरण गर्नका लागि आग्रह गरेको छ ।