देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

देशान्तर

नयाँ दिल्ली । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन् ।

अक्षयले स्वास्थ्यसम्बन्धी सबै नियम पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनुका साथै होम क्वारिन्टीनमा रहेको र आवश्यक औषधिहरू पनि सेवन गरिरहेको बताएका छन् ।

अक्षयले आफूलाई कोरोना पोजेटिभ देखिएपनि अहिलेसम्म आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् । कोभिड–१९ को संक्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।