देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिल्म ‘कृष्णलीला’को ट्रेलर सार्वजनिक

देशान्तर

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री अभिनित फिल्म ‘कृष्णलीला’को ट्रेलर सर्वाजनिक भएको छ । २७ चैत्रबाट प्रदर्शनमा आउने फिल्म लभ स्टोरी कथामा निर्माण भएको हो ।  ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ ।

लकडाउन खुलेसँगै इलाम र झापाका सुन्दर लोकेशनमा  छायाँकन भएको फिल्म दीपक वलीले निर्देशन गरेका हुन् । फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँ वाला गौतम, भावना गुरुङ, आयुष गुरागाईँ लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन् ।