देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेत्री केकी अधिकारीले गरिन् कपाल मुन्डन

देशान्तर

काठमाडौं- अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गरेकी छन् । उनले कपाल मुण्डन गरेपछि ऐनाको अगाडि खिचेका तस्विरहरु इन्स्टाग्राम स्टोरीमा राखेकी छन् ।

उनको यो लुक्सले धेरैलाई आकर्षित गरेको छ । पहिलो पटक फिल्मका लागि आफ्नो कपाल त्याग गरेकी उनले फिल्मको कथाले मागेका कारण केश मुण्डन गरेको बताएकी छन् ।

कपाल नै मुण्डन गर्न तयार हुनुले उनी यो फिल्मको चरित्रमा कुन हदसम्म डुबेकी छन् भन्ने प्रस्ट्याउँछ । ‘बोक्सीको घर’ नाटकमाथि आधारित भएर निर्माण भइरहेको फिल्ममा केकीसँगै अभिनेता गौरव पहारीको पनि अभिनय रहेको छ ।