देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘मिस इको इन्टरनेशनल’मा अनुश्मा

देशान्तर

काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल नेपाल २०२०’की विजेता अनुश्मा रायमाझी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२१’मा सहभागिता जनाउन इजिप्ट उडेकी छन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगितामा अनुश्मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी हुन् । ‘मिस इको’का लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उनलाई त्यसतर्फ पठाएको हो ।

उनलाई विदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियाका सिइयो प्रविन लाकौल र कोरियोग्राफर अनिला श्रेष्ठ पुगेका थिए । २१ वर्षीय रायमाझीले ‘मिस इको इन्टरनेशनल’को ताज नेपाल भित्र्याउने उदेश्य सहित आफु सहभागी हुन लागेको बताइन् । १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगितामा रायमाझी नेपाली कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थलको भिडियो सहित त्यस तर्फ उडेकी हुन् । प्रतियोगिताका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार गरेकी हुन् ।

‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एलटीसिपि अर्गनाईजेशनले ‘व्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई २०१५ इजिप्टदेखि सुरु गरेको प्रतियोगीताको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्ने रहेको छ । कोरियोग्राफर अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा समेत रहेकी छन् ।