देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्च शिखर सगरमाथाको उचाइ मंसिर २३ गते घोषणा हुने

देशान्तर

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मंसिर २३ गते घोषणा हुने भएको छ । घोषणा कार्यक्रम मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना गरिने नापी विभागले जनाएको छ ।

सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना नापी विभागको कार्यालय मीनभवनमा गरिने छ ।

२०७२ को विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।

सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ कायम रही आएकोमा अहिले उचाइ थपघट भएको बताइएको छ ।

सगरमाथाको उचाइ मापन कार्य आर्थिक वर्ष ०७५/०७६ मा शुरु भएको थियो । मंसिर १० गते बुधबार बसेको मन्‍त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको थियो ।