देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोटेश्वरका व्यापारी हत्याकाण्डको मुद्दामा पुन : सुनुवाइ हुने

देशान्तर

काठमाडौँ – सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालासम्बन्धी मुद्दामा पुनः सुनुवाइ गर्ने भएको छ । न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको पूर्ण इजलासले आज उक्त मुद्दामा पुनरवलोकन गर्न अनुमति दिएपछि फेरि सुनुवाइ हुने भएको हो ।

यसअघि अदालतले व्यापारी श्रेष्ठको हत्यामा आरोपित बटालालाई सफाइ दिएपछि महान्यायाधिवक्ताको कार्यालयले गत भदौ २६ गते पुनरावेदन निवेदन दिएको थियो । सोही निवेदनमा अदालतले पुनरावेदनको अनुमति दिएको हो । न्यायाधीश तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानको इजलाशले हत्यामा बटालाको प्रत्यक्ष संलग्न भएको आधार र कारण नदेखिएको उल्लेख गर्दै २०७६ फागुन १८ गते उनलाई सफाइ दिने आदेश जारी गरेको थियो ।