देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने नेविसंघका ६ जना कार्यकर्ता पक्राउ

देशान्तर

काठमाडौँ – नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीसहित ६ जना विद्यार्थी नेता कार्यकर्ता पक्राउ परेका छन्।

सोमबार बिहान चिनियाँ दूतावास विरोध प्रदर्शन गरिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा मिच्न पाइँदैन भन्दै नेपालस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन्। त्रिपाठी चिनौँ सिमाना, जोगाऔँ माटो अभियानका संयोजक समेत हुन्।

पक्राउ पर्नेहरुमा प्रनिल तामाङ, सुबोध ओली, बोगटी, अर्बत खड्का, दीपेन्द्र खड्का रहेको नेविसंघ नेता मनिष सिम्खडाले जानकारी दिए।

चीनले सीमा मिचेको विषयमा स्थलगत रिपोर्ट नआउँदै सरकारले चीनले भूमि मिचेको छैन भन्नुले प्रश्न उठेको उनीहरुले बताएका छन्। कालापानी, सुस्तालगायतका क्षेत्रमा नेपाली भूमि निरन्तर अतिक्रमणमा परिरहेको र समस्या समाधानमा राज्य उदासीन रहिरहेको सन्दर्भमा स्कुल क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नेपाली भूमि र सिमानाबारे सूचित गराउनु नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण जिम्मेवारी रहेको अभियन्ताहरुले बताएका छन्।

उक्त अभियानअन्तर्गत नै देशभरीका विद्यालयहरुमा लिपुलेक, लिम्पयाधुरालगायतका मिचिएका भूमि समेत समेटिएको नेपालको नक्सा बनाउन सिकाउने र त्यससँग सम्बन्धित ऐतिहासिक तथ्यहरूबारे सूचित गराउने महिनौ लामो अभियान सञ्चालन पनि गरेको थियो।