देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज ११ सय ७० जना नया कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

सोमकार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ। प्रवक्ता गौतमका अनुसार देशभर संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहेका छन्।

आज थप १० हजार ८७८ पीसीआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ।