देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा केसीले १९ औं सत्याग्रह जुम्लाबाट सुरू गरे

देशान्तर

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा। गोविन्द केसी जुम्लामा अनशन सुरु गरेका छन् । जुम्लाको चन्दननाथ–६ रानीचौरमा रहेको बाबिरा मन्दिरमा केसिले १९ औं सत्याग्रह सुरु गरेकाहुन् ।

नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितताका लागि सरकारविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा। केसीले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने र गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने डा. केसीका माग छन् ।

त्यस्तै, प्रदेश –२, गण्डकी प्रदेश, डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्न प्रक्रिया अघि बढाउनुपर्ने उनले माग गरेकाछन् ।

आफूसँग ०७५ साउन १० गते भएको सम्झौंताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका माग राखेर उहाँले अनसन सुरु गरेका हुन् ।