देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब पीसीआर परीक्षण शुल्क २ हजार भन्दा बढी लिन नपाइने

देशान्तर

काठमाडाैँ – सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार अब सबै शुल्क गरेर अधिकतम २ हजारमा पीसीआर परीक्षण गर्न सकिने भएको हो । यस्तै विभिन्न चारवटा अस्पतालमा परीक्षण रिपोर्ट फरक फरक आएको विषयमा अनुसन्धान सुरु भएको उनले बताए ।

आज नेपालमा थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार १ सय ६५ वटा पीसीआर परीक्षण भएकोमा आज ३ सय ६४ महिला र ६७४ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ ।

आज १ हजार १ सय ७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना भाइरस कोभिड-१९ बाट थप ९ जनाको मृत्यु भएको छ ।