देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोल्पाको लुङ्ग्रीमा पहिरोले गोठ पुर्दा २ जानको मृत्यु

देशान्तर

रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाँङ ऐपेमा पहिरोले घर पुर्दा दुई बालकको मृत्यु भएको छ । घरमाथिबाट झरेको पहिरोले घर र गोठ पुरिंदा ज्ञानसिंह घर्तीमगरका ११ वर्षका छोरा युवराज घर्ती र ८ वर्षका छोरा अमर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी निरीक्षक सहदेव डाँगीसहितको टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताए । आमासहित पाँच जना सुतेकामध्ये ३ जनाको अवस्था सामान्य छ । मृतकका बुवा भने रोजगारीका लागि भारतमा रहेका छन् ।