देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

चितवन – चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले गरेको परीक्षणमा थप ८७ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालको कोभिड ल्याबकी प्रमुख डा।नितु अधिकारीले दिएको जानकारी अनुसार गएराति १२ बजेसम्म गरिएको ५३३ नमुना परीक्षणमा ८७ नमुना पोजेटिभ देखिएको छ ।

नयाँ संक्रमितहरु सबै चितवन जिल्लाका छन् । जसमध्ये भरतपुर महानगरको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२ र १५ का २३ महिला र ५० पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पताल र पुरानो मेडिकलको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो । त्यस्तै रत्ननगरको वडा नम्बर १३ र १५ का २ महिला रहेका छन् भने खैरहनी -१ का २ पुरुष र २ महिला छन् ।

त्यसैगरी कालिका नगरपालिका वडा नम्बर २, ७ र ८ का ६ जना पुरुष र २ महिला गरी ८ जना छन् । उनीहरुको स्वाब क्वारेन्टिइनबाट लिइएको अस्पतालले जनाएको छ ।