देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भरतपुर अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

देशान्तर

चितवन – चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका थप एक जना पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा बिहीबार राति आउँदा नै मृत्यु भएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार राति संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका छन् । मृतक रत्ननगरपालिका–२ का ४६ वर्षीय पुरुष हुन् ।

बिहीबार राति साढे १० बजे उनलाई आफन्तहरुले भरतपुर अस्पताल ल्याएका थिए । उनमा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो भनेपछि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । कोरोना भाइरसको संक्रमणका कारण चितवनमा योसहित २७ जनाको मृत्यु भएको छ ।