देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनकी ७८ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि

देशान्तर

काठमाडौ । पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।

मृत्यु हुने रत्ननगर नगरपालिका–२ कि ७८ वर्षीया महिला हुन् । दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो।

मृत्युपछि शुक्रबार बिहान आएको पीसीआर नतिजामा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या २४ पुगेको छ। एक वृद्धाको घरमा नै मृत्यु भएको थियो।