देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फुटपाथ व्यापारमा प्रतिबन्ध लगाउन सीडीओलाई काठमाडौं महानगरद्धार पत्र

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेखी फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन पुनः निषेधाज्ञाको आदेश जारी गर्न आग्रह गरेकी छन् ।

यसअघि काठमाडौं उपत्यकाको निषेधाज्ञामा बन्द गरिएको फुटपाथ तथा ठेलाको ब्यापार भदौ २४ गतेदेखि भने खुला गरिएको थियो । उपप्रमुख खड्गीले फुटपाथ र ठेला ब्यापारले शहरमा समुदाय तहमा कोरोना संक्रमण फैलिने जोखिम थप बढ्ने बताएकी छन् ।

यस्ता व्यापारीले स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गर्ने सम्भावना न्युन रहेको र त्यसको प्रभावकारी अनुगमन गर्नसमेत समस्या हुने उनको भनाइ छ ।