देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा थप १२४६ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५० हजार नाघ्यो

देशान्तर

काठमाण्डौ – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० हजार चार सय ४६ पुगेको छ । गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक सय ४४ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा एक हजार आठ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३५ हजार सात सय पुगेको छ । अब नेपालमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार आठ सय ६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा पाँच जनाको मृत्युसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।