देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापाका एकै परिवारमा ११ जनालाई कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौ । झापाको ​कन्काई नगरपालिका (३ मा एकै परिवारका ११ मा कोरोना संक्रमण पुष्टि भएको छ।
एकै परिवारका ११ सदस्यमा कोरोना पुष्टि भएको घटना झापामै पहिलो हो। सो परिवारमा १४ वर्षका बालकदेखि देखि ८४ वर्षीय वृद्धासम्ममा कोरोना पुष्टि भएको नगरपालिका कोरोना सूचना तथा सञ्चार समितिका सदस्य लक्ष्मी अधिकारीले जानकारी दिएका छन्‌

उनीहरूको परिवारका एक जना सदस्य कर्मचारी रहेको र उनमा कोरोना पुष्टि भएपछि घरका सदस्यको पनि स्वाब परीक्षण गर्दा सबै सदस्यमा कोरोना देखिएको हो। एकै परिवारका सबै सदस्यमा कोरोना पुष्टि भएपछि कन्काई नगरपालिकाले घरमै खाद्यान्न र आवश्यक सामाग्री उपलब्ध गराएको छ।

परिवार नै संक्रमित भएकाले अन्य स्थानीयवासी पनि संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ। कन्काईमा हालसम्म ४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

झापामा हालसम्म ७१३ जना संक्रमित भेटिएकामा ५२१ जना डिस्चार्ज भएर घर फर्किसकेका छन्। अहिलेसम्म जिल्लामा ३ जना संक्रमितको मृत्यु भएको छ।