देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाको विषयलाई लिएर काँग्रेसले सातै प्रदेशमा अन्तर्कियात्मक कार्यक्रम गर्ने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले देशका सातै प्रदेशमा कोरोना महामारीको विषयलाई लिएर अन्तर्कियात्मक कार्यक्रम गर्नेभएको छ । कांग्रेसले गठन गरेको कोरोना अनुगमन समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त समितिका संयोजक तथा नेपाली काँग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । उनको संयोजकत्वमा रहेको सो समितिले बिपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसर पारेर एक साताव्यापी कार्यक्रम तय गरेको हो। उक्त कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।

भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा ‘कोरोना संक्रमणको सन्दर्भ र सरकारको भूमिका तथा हाम्रो दृष्टिकोण’ विषयकमा नेता, कार्येकर्तासँग छलफल तथा अन्तरक्रिया गरिने छ । कोरोनाले पारेको समस्या रा यसका अन्य विविध विषयहरुका बारेमा देशका सबै क्षेत्रका व्यक्तहरुसँग यो अन्तरक्रिया गर्न लागिएको डा महतले जानकारी दिए ।

उक्त समितिले प्रदेश नम्बर १ मा भदौ २७ गते, प्रदेश नम्बर २ मा भदौ २८ गते, बागमती प्रदेशमा भदौ २९ गते, गण्डकी प्रदेशमा भदौ ३० गते, प्रदेश नम्बर ५ मा भदौ ३१ गते, कर्णाली प्रदेशमा असोज १ गते र सुदुरपश्चिम प्रदेशमा असोज २ गते कार्यक्रम गर्न लागिएको जनाएको छ।

सो समितिले कोरोना रोकथाम तथा नियन्त्रणबारे सरकारले गरिरहेका कामकारबाहीको कांग्रेसले अनुगमन गर्दै सुझावसमेत दिने गरेको छ।