देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँमा यातायात क्षेत्रमा जोर बिजोर प्रणाली लागू, शर्तसहित पसल खोल्न पाइने

देशान्तर

काठमाडौँ – काठमाडौँमा शर्तसहित यातायात र व्यापार क्षेत्र खुला हुने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मापदण्ड बनाएर यातायात, पसल सञ्चालन गर्न दिइने तर अन्य क्षेत्रको निषेधाज्ञा ३१ गतेसम्म थप्ने निर्णय गरेको हो । यातायात क्षेत्रमा जोर बिजोर प्रणाली लागू गर्ने र पसल शर्तसहित खोल्न दिने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए।

कोरोना भाइरसको सङ्क्रमण बढेपछि भदौको ३ गतेदेखि सुरु भएको निषेधाज्ञा दुई पटक थपेर आज (बुधबार) सम्म पुर्‍याइएको थियो । निषेधाज्ञा लगाए पनि सङ्क्रमितको सङ्ख्या भने बढिरहेको छ । निषेधाज्ञाको कारण व्यापार व्यवसाय बन्द हुँदा श्रमिकको बिचल्ली भएको भन्दै निषेधाज्ञा हटाउन चौतर्फी माग भइरहेको छ ।