देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२४ घण्टामा १०८१ जना कोरोनाका सङ्क्रमित थपिए, ६ जनाको मृत्यु

देशान्तर

काठमाण्डौ – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४९ हजार दुई सय १९ पुगेको छ । गएको २४ घण्टामा एक हजार ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक सय ६७ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार ८१ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा नौ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३३ हजार आठ सय ८२ जना पुगेको छ । अब नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै पाँच हजार चार सय ८० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या तीन सय १२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।