देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली र दाहालको भेट , स्थायी कमिटीबारे छलफल

देशान्तर

काठमाडौ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबिच बुधवार भेट भएको छ।

भेटमा नेकपा को स्थायी कमिटी बैठकबारे छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी भेटघाटमा २६ गते बस्ने स्थायी कमिटी बैठकमा लैजाने प्रस्तावबारे छलफल भएको बताइएको छ।

नेकपा विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई परिमार्जन गरेर स्थायी कमिटीमा लैजाने जिम्मेवारी सचिवालयले दुई अध्यक्षलाई दिएको थियो। गत साउन १३ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको स्थायी कमिटी बैठक भदौ २६ गते बस्दैछ।