देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगका ६ खेलाडीमा कोरोना पोजेटिभ

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलका ६ जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको खबर बीबीसीले लेखेको छ । पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको हो । प्रिमियर लिगले क्लबको प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीसहित अन्य कर्मचारी गरि ७ सय ४८ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो ।

त्यसमध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक ड्यान वोइन रहेका छन् । अरु दुई जना अर्को क्लबका खेलाडी रहे पनि उनीहरुको नाम भने खुलाइएको छैन । कोरोना पोजेटिभ देखिएका खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहेको बताइएको छ । प्रिमियर लिगले मंगलबारबाट क्लबलाई प्रशिक्षणको अनुमति दिएको छ । कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ ।

तर, प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि छ ।