देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बहराइनमा रहेका ४९ नेपालीमा कोरोना संक्रमण

देशान्तर

काठमाडौं । बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बहराईनस्थित नेपाली राजदूतावासले थप २७ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

यससँगै हालसम्म बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

हालसम्म बहराइनमा ९९० जनामा संक्रमण देखिइसकेको छ । भने संक्रमितमध्ये ७ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

साथै सात सय तीन जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।