देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइतबारदेखि भरी सिलिन्डर ग्यास पाइने

देशान्तर

काठमाडौं । आइतवारदेखि पुन भरी सिलिन्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले आइतबारदेखि भरि सिलिन्डर ग्यास वितरण गर्न निर्देशन दिएको हो ।

निगम सञ्चालक समितिको बुधवारको बैठकले पूरै तौलको सिलिन्डर विक्री गर्ने निर्णय गरेको हो । निगमले सबै ग्यास उद्योगीहरुलाई विहीवारदेखि नै भरि ग्यास सिलिन्डर भर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस महामारी र लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएपछि निगमले आधा सिलिन्डर ग्यास विक्री वितरण गर्ने निर्णय गरेको थियो ।