देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनको वुहानमा लगाइएको लकडाउन हटाइयो, यातायातका सबै साधनहरू सञ्चालनमा

देशान्तर

कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबेइ प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ । मङ्गलवार चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या शून्य देखिएपछि भाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो । लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुनः सञ्चालनमा आएका छन् । आजदेखि स्वीकृति पाएका मानिसहरूले सार्वजनिक यातायात प्रयोग गर्न पाउनेछन् ।

तर त्यसका लागि उनीहरूले स्वास्थ्यस्थिती ठिक छ कि छैन भन्ने क्यूआर कोड स्क्यान गर्नुपर्छ । औषधी आपूर्ति र अन्य दैनिक उपभोग्य काममा संलग्न मानिसहरू आफ्नो काममा फर्किएका छन् । विश्वव्यापी तथा राष्ट्रिय आपूर्ति सञ्जालसँग जोडिएका र त्यसमा असर पार्ने उद्योगहरू पनि पुन खुलेका छन् ।

सीमित हवाइ सेवा हुँदा पनि बुधवार १० हजार यात्रु बोकेर दुई सय विमानहरू वुहान सहरबाट अन्यत्र जाँदैछन । अर्को सूचना नआउँदासम्मका लागि विद्यालयहरू पनि बन्द नै रहने बताइएको छ ।

चीनका अन्य क्षेत्रमा भने लकडाउन जारी नै छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि वुहान सहर जनवरीदेखि लकडाउनमा थियो । १ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा सबैजसो व्यापार–व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो ।