देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाबाट सिक्ने कि ?

देशान्तर

सोल । दक्षिण कोरियाको राजधानी सोलस्थित एक अस्पतालको पछाडि कार पार्किङबाट आफ्नो कारलाई बाहिर निकाल्ने बेलामा ४५ वर्षीया रशेल किम झ्यालको सिसा तल झार्दै आफ्नो जिब्रो बाहिर निकाल्छीन् । उनी गत साता ड्यागु गएकी थिइन्, जुन दक्षिण कोरियाको यस्तो इलाका हो जहाँ कोरोना भाइरसको चपेटामा थियो ।

त्यहाँबाट फर्के लगत्तैदेखि रशेललाई रुखा खोकी र ज्वरो आइरहेको छ । संसारभरी कोरोना भाइरसको संक्रमण बढीरहेको बेला उनलाई पनि आफूपनि कतै कोरोना संक्रमित त भइन् भन्ने शंकाले गाज्यो । उनले निर्णय गरिन्, कोरोना टेष्ट गराउने र लागे÷नलागेको स्पष्ट गर्ने । दक्षिण कोरियामा दर्जनौं यस्ता केन्द्रहरु बनाईएका छन् जहाँ आफ्नो मोटरमा बसीबसी कोरोनाको टेष्ट गराउन सकिन्छ ।

यी केन्द्रहरुमा सिरदेखि खुट्टासम्म सेतो सुरक्षात्मक पोशाक लगाएर स्वास्थ्यकर्मी उभिरहेको भेटिन्छन् । उनीहरुको हातमा गतिलो पञ्जा, आँखामा चश्मा र मुखमा सर्जिकल मास्क हुन्छ ।

सेन्टरमा उपस्थित एकजनाले रशेललाई एउटा स्याब स्टिक (परीक्षणमा प्रयोग हुने उपकरण) दिन्छन् । रशेलले त्यसलाई मुख भित्र लगिन र त्यसलाई झिकेर सुरक्षित राख्दै परीक्षणमा खटिएका अर्का व्यक्तिलाई सुम्पिइन् ।

त्यसपछि एक अकौ स्याबलाई नाकभित्र लगिन् । यो अलि अप्ठेरो प्रकारको छ किनभने यसले आँखाको पानी निकाल्छ । तर यी सबै प्रक्रिया केवल एकदेखि डेढ मिनेटमा पूरा भइसक्छ । यसपछि उनी आफ्नो मोटरको झ्यालको सिसा लगाउँदै त्यहाबाट बाहिरिन्छीन् । यदी उनको रिपोर्ट पोजेटिभ भएमा उनलाई फोन गरेर सूचित गरिन्छ र नेगेटीभ आयो भने केवल एउटा टेक्स्ट म्यासेज गरिन्छ ।

दक्षिण कोरियामा हरेक दिन करिब २० हजार मानिसको कोरोना टेष्ट गरिन्छ । संसारका अन्य देशहरुको तुलनामा यो नै सबैभन्दा अधिक टेष्ट हो ।

रशेल पार्किङबाट निस्केको केहीबेरमै उनले दिएको र्यालको नमूना ल्याब पठाइसकिएको छ । दक्षिण कोरियामा कोरोना भाइरस टेस्टको लागि स्थापना गरिएका प्रयोगशालाहरुमा हप्तााको सातैदिन २४सै घन्टा काम हुने गर्छ ।

कोरोना भाइरसको संक्रमण वृद्धि हुदै गएको यथार्थलाई मध्यनजर गर्दै प्रयोगशालाहरु तयार गरिएका हुन् जसले फ्रनट लाइनमा यो महामारीलाई परास्त गर्ने काम गरिरहेका छन् । दक्षिण कोरियाले कारोना भाइरस टेष्टको लागि ९६ वटा सार्वजनिक र निजी प्रयोगशालाहरु निर्माण गरेको छ ।

स्वास्थ्य अधिकारीहरु यसरी नै मानिसको जीवन रक्षा गर्न सकिने मान्यता राख्छन् । दक्षिण कोरियामा कोरोना भाइरसबाट मृत्यु हुने दर केवल ० दशमलव ७ प्रतिशत रहेको छ । तर विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना भाइरसबाट विश्वभरी भएको मृत्यु दर ३ दशमलव ४ प्रतिशत रहेको छ । तर वैज्ञानिकहरुका अनुसार स्थिती योभन्दा पनि धेरै खराब छ । किनभने कोरोना भाइरसका कारण हुने हरेक मृत्युको रेकर्ड राखिन्छ भन्ने सुनिश्चिता छैन ।
बीबीसी