देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमै कोरोना टेष्ट किट बनाउन सक्ने शिखर वायोटेकको दाबी

देशान्तर

काठमाडौं । एन्टिवडी कम्पनीको रुपमा स्थापित शिखर वायोटेकले नेपालमै कोभिड १९ को लागि टेस्ट किट बनाउने तयारी गरेको छ । दोश्रो लेवलको वायोसेफ्टी ल्याब्रोटोेरी रहेको शिखर वायोटेकमा कोभिड १९ को परिक्षण गर्न सकिने र आफूसँग पछिल्लो प्रविधि रहेको कम्पनीले जनाएको छ । कम्पनीले आफु सँग रहेको अत्याधुनिक ल्याब प्रयोग गरेर कोभिड १९ को परिक्षण गर्न सरकारलाई उपलब्ध गराउने जनाएको छ ।

यो ल्याब सेटअप गरेर तत्कालै कोभिड १९ को परिक्षणमा काम गर्न सकिने कम्पनीले बताएको छ । यस्तो ल्याबमा रियल टाइम पिसिआर मेसिन र किटहरु उपलब्ध गराएर परिक्षणको लागि काम गर्न सकिने छ ।

शिखर वायोटेकले एन्टि कोभिड १९ एन्टिवडिज को परिक्षणको लागि टेस्ट उपकरणहरु बनाइरहेको जनाएको छ । कम्पनीले लकडाउनकै अवधिमा परिक्षणको लागि अनुमती मागेको छ । यस्तै कम्पनीले विकास गरिरहेको टेस्ट किट सरकारले ल्याएको भन्दा सस्तो मुल्यमा उपलब्ध गराउन सकिने जनाएको छ । डब्ल्युएचओले प्रकाशन गरेको प्रोटोकल अनुसार नै यसलाइ तयार गरिएको कम्पनीका अध्यक्ष तथा डाक्टर रबिन्द्र सापकोटाले बताए ।

नेपालको खुमलटारमा रहेको कम्पनीले ब्रिटिश नेपाल भेन्चरको रुपमा एभरेष्ट वायोटेक लिमिटेड कम्पनी बेलयातमा पनि सञ्चालनमा रहेको छ । कम्पनीले उच्च गुणस्तरिय रिएजेन्ट्स र सर्भिस विश्वभरका वायोटेक कम्पनी तथा रिसर्चरहरुलाई उपलब्ध गराउदै आएको छ । यस कम्पनीले बाख्राको लागि उच्च गुणस्तरको पोलिक्लोनल एन्टिवडिज उत्पादन गरेर हजारौ प्रयोगकर्तालाई बिक्री गरेको छ । यसैगरी कम्पनीले कयौ नन एन्टिवडि रिएजेन्टेसहरु लाइफ साइन्स रिसर्चको लागि विकास गरेको छ ।