देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा राखिएका पाँचै जनाको कोरोना रिपोर्ट नेगेटिभ

देशान्तर

दाङ । कोरोना सङ्क्रमणको आशङ्कामा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

एक हप्ताअघि कोरोना सङ्क्रमणको आशङ्कामा प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएका ३ जनाको परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको प्रतिष्ठानका कायममुकाय रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए ।

आइतबार ‘नेगेटिभ’ रिपोर्ट आएका ३ जनालाई घरमै १४ दिन सेल्फ–क्वरेण्टीनमा बस्नेगरी डिस्चार्ज गरिएको देवले बताए ।

आइतबार बिहान प्रतिष्ठानले विज्ञप्ति निकालेर आइसोलेसनमा भर्ना गरिएका पाँचैँ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको जानकारी दिएको हो ।

यसअघि शुक्रबार प्रतिष्ठानको क्वरेण्टीनमा रहेका २ जनाको रिपोर्ट पनि ‘नेगेटिभ’ आएको थियो ।