देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिपीमा भर्ना भएको १६ जनाकै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

देशान्तर

धरान । कोभिड–१९ कोरोना भाइरसको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना भएका १६ जना बिरामीको स्वाब रिपोर्ट नेगेटिभ देखिएको छ ।

प्रतिष्ठानमा यही यहि चैत १ गते भर्ना भएका ३ जना र ११ भर्ना भएका १३ जना गरी भएका १६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको थियो ।

उनीहरु सबैको स्वाब रिपोर्ट नेगेटिभ देखिएको वीपी प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् । उनले शनिबार पनि तीनजना बिरामीको नमुना परीक्षणका लागि टेकु पठाइएको जानकारी दिए।

प्रतिष्ठानका सहायक निर्देशक डा। विकास साहले फ्रान्सबाट कतार हुँदै जहाजमा नेपाल आएकी कोरोना सक्रमित युवतीसंगै आएका धरान–६ पानवारीका युवाको स्वाब परीक्षण पनि नेगेटिभ देखिएको बताए । संक्रमित युवतीसँगै आएका सुनसरीका चार जना मध्ये अन्य तीन जनाको भने परीक्षण गरिएको छैन्। अहिले कोरोनाको आशंकामा प्रदेश १ का विभिन्न जिल्लाका ८ जना प्रतिष्ठानमा भर्ना भइस् उपचार गराइरहेको साहले जानकारी दिए।