देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिवि शिक्षण अस्पतालमा कोरोना टेली हेल्थ सेन्टर स्थापना

देशान्तर

काठमाडौं । कोरोनाको जोखिम कम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कोरोना टेली हेल्थ सेन्टर स्थापना गरेको छ ।

मंगलबार अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले सूचना निकालेर कोरोनाको जोखिम कम गर्नका बिरामी तथा कुरुवाको सुविधाका लागि कोरोना टेली हेल्थ सेन्टर स्थापना गरिएको जानकारी दिए ।

बिरामीहरुले आफूलाई समस्या परेको खण्डमा सिधै सम्पर्क गर्न सक्ने गरी ब्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

सूचना अनुसार आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ४४१००३४ मा सम्पर्क गर्न सकिनेछ । जुम एपको आइडी ८०६१५०९३२४ मा पनि सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।