देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फ्रान्सबाट संक्रमित युवतीसँगै आउने थप दुईजना अस्पताल भर्ना

देशान्तर

सुनसरी । फ्रान्सबाट नेपाल प्रवेश गरेकी ‘कोभिड–१९’ संक्रमित युवतीसँगै आएका धरान उपमहानगरपालिकाका दुईजना युवाहरुको पहिचान गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

धरान उपमहानगरपालिकाले दुवै व्यक्तिहरुको पहिचान गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको मेयर तिलक राईले बताएका छन् ।

फ्रान्सबाट संक्रमित युवतीसँगै विमानमा आएका धरान वडा नम्बर–६, पाँचकन्या र वडा नम्बर–१६, लेखनाथचोकका युवाको पहिचान गरी उपचारका लागि प्रतिष्ठान भर्ना गरिएको हो ।

त्यस्तै, कतारबाट आएका अर्का व्यक्तिलाई पनि स्वास्थ्य परीक्षण गर्न भर्ना गरिएको छ ।