देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

६० वर्ष नाघेका र दीर्घरोगीमा लक्षण देखिए कोरोना परीक्षण गरिने

देशान्तर

काठमाडौं । नेपालमै रहेका दीर्घरोगी, वृद्धावृद्धलाई रुघाखोकी र ज्वरो देखिए कोभिड–१९ (कोरोना) भाइरसको परिक्षण हुने भएको छ।

विदेशबाट आएका मानिसमा मात्र गरिने कोरोना भाइरस परीक्षण अब नेपालमै रहेका दीर्घरोगी, वृद्धावृद्धलाई पनि गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार भाइरसको संक्रमण दीर्घरोगी, वृद्धावृद्धलाई छिटो हुने भएकाले मन्त्रालयले उनीहरुलाई निगरानी गर्न लागेको हो।

‘अब ६० वर्ष नाघेका र दीर्घरोगी मानिसलाई कुनैपनि संक्रमणको लक्षण देखिए कोरोना भाइरसको नमुना परीक्षण गर्ने निर्णय मन्त्रालयले गरेको छ’, उनले भने ,‘यो निर्णयभन्दा पहिले संक्रमित मुलुकबाट नेपाल आएका र रुघाखाकी, ज्वरो आएको व्यक्तिलाई मात्र यो परिक्षण गरिन्थयो।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेमा दीर्घरोगी, वृद्धावृद्ध बढी छन्। भाइरसको संक्रमण अहिलेसम्म १ सय ७० देशमा फैलिसकेको छ। कोरोनाबाट संक्रमित हने र गम्भीर अवस्थामा अघिकांश ६० वर्ष नाघेका र दीर्घरोगी मानिस रहेको डब्लुएचओको तथ्यांकले देखाउँछ।

अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमण दुई नेपालीलाई देखिएको छ। जसमध्ये एकजना भाइरस संक्रमणबाट मुक्त भइसकेका छन् भने अर्का शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुस्थित आइसुलेसेनमा उपचाररत छन्। पछिल्लो व्यक्तिलाई भाइरसको संक्रमण आइतबार पुष्टि भएको हो। फ्रान्समा अध्ययनरत तीन ती छात्र गत ४ गते नेपाल आएकी थिइन्।