देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टाेटनह्याम पेनाल्टी गाेलमा पराजित

देशान्तर

काठमाण्डाै । युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेगमा इङ्ग्लिस क्लब टोटनह्याम पराजित भएको छ । इन्ज्युरीको मारमा परेको टोटनह्याम जर्मन क्लब आरबी लिपजिगसँग एक–शून्यले पराजित भयो । यो पराजयसँगै टोटनह्यामको क्वार्टर फाइनलमा पुग्ने बाटो कठिन बनेको छ । एक गोलले पछि परिसकेको अवस्थामा अर्को लेगका लागि टोटनह्याम जर्मनी जानेछ ।

त्यसबेला पनि सन ह्योङ मिन र ह्यारी केन मैदानमा फर्कने स्थिति देखिँदैन ।   खेलमा अधिकांश बल पोसेसन आफ्नो पक्षमा राखेको लिपजिगको दुई वटा सशक्त प्रहारलाई टोटनह्यामका गोलकिपर ह्युगो लोरसले बचाएका थिए । पहिलो हाफ गोलरहित बनेको खेलको ५८औँ मिनेटमा लिपजिगले पेनाल्टी पायो । जसलाई टिमो वेर्नरले गोलमा परिणत गरे ।

त्यही गाेलका कारण लिपजिगले अन्तिम आठमा पुग्ने सम्भावना केही बलियो बनाएको छ । टोटनह्यामलाई क्वार्टर फाइनलमा पुग्ने बाटो कठिन बनेको छ भने लिपजिगलाई बराबरी पर्याप्त हुनेछ ।