देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आस्था राउतविरुद्ध ‘कानूनी प्रक्रिया’ शुरु

देशान्तर

काठमाडौँ । विमानस्थलमा सुरक्षार्थ खटिएकी महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतविरुद्ध कानूनी प्रक्रिया शुरु गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था आज (सोमबार) आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते (आइतबार) आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । भारतको सिक्किममा तय भएको एउटा सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरी झापाको भद्रपुर विमानस्थलका लागि विमान चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी आस्थाले सुरक्षार्थ तैनाथ महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको विषय सार्वजनिक भएको थियो ।

करिब २ हप्ताको सिक्किम बसाईपछि नेपाल फर्किएकी आस्था ‘सम्पर्क’मा आएसँगै प्रहरीले उनीविरुद्ध कानूनी प्रक्रिया शुरु गरेको हो । यद्यपि, राउत पक्षले भने ‘सहमति’मै मुद्दा टुंग्याउने प्रयास थालेको छ । प्रहरी जवान श्रेष्ठलाई उजुरी फिर्ता लिन लगाएर सहमतिकै आधारमा मुद्दा टुंग्याउने प्रयास भइरहेको आस्था निकट स्रोतको भनाइ छ ।