देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानबाट फर्किने क्रममा राष्ट्रपति भण्डारी चीनमा

देशान्तर

काठमाडौ । विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई बुधवार स्वदेश फर्किने क्रममा चीनको ग्वाङ्झाउमा आइपुगेकीछिन ।

उहाँलाई ग्वाङ्झाउ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, त्यहाँँस्थित नेपाली कार्यबाहक महावाणिज्यदूत कुञ्जन शाह तथा दूतावासका कर्मचारीले स्वागत गरे ।

राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेकाछन् ।