देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामाजिक सुरक्षा कोषमा रोजगारदाताको निराशाजनक सहभागिता, म्याद थप्दै सरकार

देशान्तर

काठमाडौं  सामाजिक सुरक्षा कोषमा रोजगारदाताहरुको सहभागिता कमजोर देखिएपछि सरकारले म्याद थप गर्ने तयारी गरेको छ । ठूलो संख्यामा प्रतिष्ठानहरु कोषमा सहभागी नभएपछि तीनलाई सूचीकृत गराउन १/२ दिनभभित्रै अर्को निर्णय लिने तयारी कोषले गरेको छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा रहेका ९ लाख २३ हजार व्यावसायिक प्रतिष्ठान मध्ये ८१०० रोजगारदाता मात्रै सामाजिक सुरक्षा कोषमा सहभागी भएका छन् । यी प्रतिष्ठानमध्ये ४ लाख ६२ हजार व्यावसायिक प्रतिष्ठान मात्र सरकारी छन् ।
यी दर्ता भएका प्रतिष्ठानमध्ये अभियानमा सहभागी भएकाको संख्या अन्यन्तै न्यून देखिएको हो । सरकारले चालु आर्थिक वर्षको असोज मसान्तभित्र सबै प्रतिष्ठानलाई कोषमा सहभागी हुन बिहिबारसम्म समयावधि दिइएको थियो ।