देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढीपहिरो पीडितको पिडामा मलम लगाउन नेविसंघले चाल्यो यस्तो कदम

देशान्तर

काठमाडौं – कांग्रेस निकट विद्यार्थी संगठन नेपाल बिद्यार्थी संघले राहत संकलनको काम सुरु गरेको छ । केहीदिनदेखिको निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परि प्रभावित भएकाहरुलाई नेपाल बिद्यार्थी संघले सहयोगार्थ राहात संकलन कार्य सुरु गरेको छ ।

नेबिसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेले सोमबर एक विज्ञप्ति जारी गर्दै देशभर उद्धार र राहत संकलमा जुट्न आग्रह गरेसँगै नेबिसंघले काठमाडौँको न्यूरोड, बसन्तपुर, भोटाहिटी, कोटेश्वर लगायतका विभिन्न क्याम्सहरुमा जिन्सि तथा नगद राहत संकलन सुरु गरेको छ ।

नेबिसंघका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीका अनुसार राहत संकलनको पहिलो दिन सोमबार मात्रै नगद र जिन्सीगरी ५० हजार भन्दा बढीको राहात संकलन भएको छ । ३ दिनसम्म संकलन अभियान संचालन गरी रौतहट लगायत मुलुकका विभिन्न बाढी प्रभावित क्षेत्रमा राहात वितरणको कार्यक्रमको योजना बनाइएको त्रिपाठीले जानकारी दिनुभयो ।