देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा कांग्रेसको अवरोध, प्रधानमन्त्रीको सम्बोधन स्थगित

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् । नाराबाजीका कारण बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दलको नेतालाई पहिला बोल्न दिनुपर्ने माग गर्दै कांग्रेसका सांसदहरुले नारावाजी गरेका हुन् । नाराबाजीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्न सकेनन् ।

बैठकलाई सम्बोधन गर्नका लागि रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका सांसदहरुको नाराबाजीका कारण सम्बोधन गर्न पाएनन् । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्नका लागि समय दिने आश्वासन दिए पनि कांग्रेस सांसदहरु बैठक कक्षको अगाडि पुगेर नाराबाजीमा उत्रिएका हुन् ।

सभामुख महराले पटक पटक बस्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक स्थगित गरिएको हो । बैठकअघि पनि महराले सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग बैठकको कार्यसूचीका बारेमा छलफल गरेका थिए । छलफल निश्कर्षमा पुग्न नसके पनि उनले बैठक आरम्भ गरेका थिए ।