देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन डेक्स स्थापना

देशान्तर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपालीका लागि एनआरएन डेस्क स्थापना भएको छ । गैर आवासीय नेपालीहरुलाई स्वदेश आउँदा जाँदा पर्न सक्ने समस्याबारे सहजीकरण गर्न अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क सुचारु गरिएको हो । डेस्कको स्थापनाका लागि एनआरएनले लामो समयदेखि आवाज उठाउँदै आएको थियो । डेस्क स्थापनाले गैरआवासीय नेपालीहरुलाई सहजता हुने भन्दै एआरएनका उपाध्यक्ष कुल आचार्यले खुसी व्यक्त गर्नुभएको छ ।