देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभु बैंकद्वारा पूर्वमा एकैसाथ दुई शाखा विस्तार

देशान्तर

काठमाडौं । प्रभु बैंक लिमिटेडले एकैसाथ दुई वटा शाखा विस्तार गरेको छ । झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा सोमबारदेखि शाखा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

झापा जिल्लास्थित चन्द्रगढी नगरपालिका वडा नं. ७ स्थित चन्द्रगढी शाखा कार्यालयको झापा जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरे । त्यसैगरी मोरङ्ग उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरको जनाइएको छ ।

चन्द्रगढी शाखा कार्यालय र उर्लाबारी शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका दुवै प्रमुख अतिथीहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै उर्लाबारी तथा चन्द्रगढी नगरपालिकाबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरेको बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

सोमबारदेखि सञ्चालनमा आएका बैंकका चन्द्रगढी र उर्लाबारी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।