देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ताप्लेजुङको फुङ्गलिङ्गमा प्रभु बैंकको नयाँ शाखा

देशान्तर

ताप्लेजुङ । प्रभु बैंकले ताप्लेजुङ जिल्लाको फुङ्गलिङ्ग नगरपालिका वडा नं. ४ आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । फुङलिङ्ग शाखा कार्यालयको फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले एक समारोहका विच समुद्घाटन गरेका छन् ।

बैंकको फुङलिङ्ग शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा ताप्लेजुङ्ग जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी,  बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै अब फुङलिङ्ग नगरपालिकाबासीहरुलाई नजिकैबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सहि सदुपयोग गर्न आव्हान गरे ।

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको फुङलिङ्ग शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र फुङलिङ्ग नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।